चितवनका ढुंगानाले गरे ५०औँ पटक रक्तदान

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

युवा नेता एवं नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले ५०औँ पटक रक्तदान गरेका छन्। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ढुंगानाले निकुञ्जमा कार्यरत कर्मचारी हेमा भुसालको श्रीमानका लागि अस्तालमै पुगेर ५०औँ रक्तदान गरेका हुन्।

विभिन्न संस्थाले आयोजना गरेको रक्तदानदेखि आवश्यक पर्दा अस्पतालमै पुगेर रक्तदान गर्दै आएको ढुंगानाले बताए। २१ वर्षको उमेरदेखि नियमित रक्तदान गर्दै आएका ढुंगाना अहिले ४५ वर्षका भए। 

‘अरूलाई बचाउन गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। रक्तदान जीवन दान भन्ने कुरा बुझेदेखि मैले नियमित रूपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो,’ उनले भने, ‘पछिल्लो समय कतिपटक रक्तदान गर्न सक्छ मेरो शरीरले भन्ने लागेको छ, त्यसैले मैले नियमित रूपमा रक्तदान गर्दै आएको छु।’ 

See More On

सुझावित समाचार