संखुवासभा हेलिकोप्टर दुर्घटना : चारजना घाइते

शुक्रबार, २२ बैशाख, २०८०
डिजिटल संस्करण
संखुवासभा हेलिकोप्टर दुर्घटना : चारजना घाइते

तस्बिर सौजन्य : डुक्पा भोटे

संखुवासभाको भोटखोला गाउँपालिकामा भएको हेलिकोप्टर दुर्घटना परी चारजना घाइते भएका छन्।

आज दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकोप्टर भोटखोला– २ सिप्रङमा दुर्घनाग्रस्त हुँदा चारजना घाइते भएका हुन्। घाइते हुनेमा विक्रम नेपाल, स्थानीय छिरिङ भोटे, भविन गुरुङ र सुरेन्द्र पौडेल रहेका संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

उनका अनुसार हेलिकोप्टरमा चारजना मात्रै थिए या अरू पनि थिए भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको छ। घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ गइसकेको डिएसपी गोदारको भनाइ छ। दुर्घटनाको कारण खुलेको छैन।

भोटखोला– ४ मा १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणको चरणमा छ। सोही आयोजनाको सामान ढुवानी गर्ने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो।

सुझावित समाचार