धनगढी, सुर्खेत तथा अन्तरप्रदेशीय उडान बढाउने योजना
बुद्ध एयरले १५औँ एटिआर–७२ जहाज भिœयाएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
ठूला जहाजबाट उडान गर्दा सञ्चालन खर्च कम हुने र हवाई भाडादर पनि स्वतः सस्तो र सहज हुने कारण बुद्ध एयरले ७२ सिटे जहाज ल्याएको हो । यससँगै बुद्ध एयरको जहाज संख्या १५ पुगेको छ । जसअनुसार १२ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ रहेका छन् ।
यसअघि बुद्ध एयरसँग रहेका दुईवटा बिचएयरक्राफ्ट क्यानडाका कम्पनीलाई बेचेको थियो । बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा थप अर्को नयाँ जहाज आउने बताए ।
धनगढी तथा सुर्खेतमा दैनिक दुई–दुई उडान गरिरहेको बुद्धले अब थप एक उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरले पोखराबाट नेपालगन्ज, भैरहवा र भरतपुरको सीधा उडान भइरहेको छ । अबको केही समयपछि भद्रपुर र विराटनगरबाट ‘प्राइम टाइम’मा पोखराको उडान गर्ने योजना रहेको बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।