प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ।
अयोग्य लडाकुलाई राहतस्वरूप २ लाख दिने गरी ल्याएको कार्यविधि खारेज गर्न माग गर्दै युवा संघका नेता कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।.jpg'_'.2023-04-29.jpg)
शनिबार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा भेला भएका उनीहरूले लडाकुको नाममा अर्बौं घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी सो कार्यविधि ल्याइएको युवा संघको आरोप छ।.jpg'_'.2023-04-29.jpg)
.jpg'_'.2023-04-29.jpg)