बुढानीलकण्ठबाट लागुऔषधसहित तीनजना पक्राउ

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

बुढानीलकण्ठ क्षेत्रमा लागुऔषध कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। 

प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले शनिबार बदेलीबाट धादिङका सुदर्शन दाहाल, बुढानीलकण्ठका संसार सिटौला र  प्रबिना शाहीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूबाट २०३ एम्पुल डाइजेपाम, २१४ एम्पुल फेनेरगन, २०२ एम्पुल नुफिन र ७०९ ट्याबलेट नाइटाजेपाम बरामद भएको छ।

प्रहरीले ५० हजार रूपैयाँ नगद पनि भेटिएको जनाएको छ। पक्राउ परेकामध्ये सिटौला मुख्य कारोबारी भएको र उनले भारतबाट लागुऔषध ल्याएर बुढानीलकण्ठ क्षेत्रमा बेच्दै आएको बुढानीलकण्ठ प्रभागका इन्सपेक्टर दीपेन्द्र चन्दले बताए।

See More On

सुझावित समाचार