चितवन २ : सर्वदलीय बैठकमा जुटेन सहमति, आज मतगणना नहुने

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणना आज सुरु नहुने भएको छ । सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुटेपछि मतगणना प्रभावित भएको हो । 

आयोगले आजै बेलुकीबाट मतगणना सुरु गर्ने तयारी गरेको थियो । तर, 

रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने कांग्रेस र एमालेका उम्मेदवारको अडानले सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । भोलि बिहान पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।

चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रवि लामिछानेविरुद्धको उजुरीमाथि निर्णय गर्न समय लाग्ने भएकाले भोलिबाट मात्र मतगणना गर्ने सहमति उम्मेदवारहरूबीच भएको जानकारी दिए । 

सुझावित समाचार