आचारसंहिता उल्लंघन गरेकोबारे वाग्लेसँग स्पष्टीकरण माग

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण मागेको छ।

वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेको छ। उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

सुझावित समाचार