पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ।

आज भएकाे उपनिर्वाचनअन्तर्गत बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ। आयोगले कुनै कारणवश ढिलाइ नभएको अवस्थामा १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने बताएको छ।

‘कुनै कारणवशबाहेक चार–पाँच दिनभित्र तीनै क्षेत्रको नतिजा आउने आयोगको आकलन छ। निर्वाचन क्षेत्रअनुसारका भौगोलिक विशेषता छन्। अरू कुनै कारणले मतदान स्थगित भएन भने आइतबारबाटै सबै क्षेत्रको मतगणना सुरु हुन्छ,’ वाग्लेले नयाँ पत्रिकासँग भने।

सुझावित समाचार