विश्वकै प्रदूषित सहर काठमाडाैं उपत्यका

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालका विभिन्न स्थानमा लागेको डढेलो लागेका कारण काठमाडौंसहित देशका विभिन्न स्थानको वायु प्रदूषण बढेको छ। देशभरका जंगलमा फैलिएको डढेलोका कारण काठमाडौं उपत्यकासहितका सहर वायु प्रदूषणको चपेटामा परेका हुन् ।

आइतबार मध्याह्नसम्म पनि काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ। फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौं उपत्यकाको प्रदूषण तह दुई सय १८ देखाएको छ।

मौसमविद्हरूका अनुसार तत्काल वर्षा र ठूलो हावाहुरी चल्ने सम्भावना छैन । तर, काठमाडौंको तल्लो वायुमण्डलमा थिग्रिएर बसेको प्रदूषण हट्न वर्षा र हावाहुरी आवश्यक छ।

सुझावित समाचार