लेखनाथमार्ग ठमेलस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक सरस्वती बहुमुुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गत ५ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचितहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । सो क्याम्पसमा २१ सदस्यीय कार्यसमिति बनेको छ । सरस्वती बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ सभापतिमा मुस्कानराज गौतम निर्वाचित भएका छन् ।
त्यसैगरी, सचिवमा राजेशबाबु बगाले, कोषाध्यक्षमा हर्कबहादुर तामाङ निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको सदस्यहरूमा मन्दीप मल्ल, मनीषराज बस्नेत, सुस्मिता अधिकारी, दीपेश श्रेष्ठ, लालबहादुर खत्री, बजिरसिंह ढोली, कमल सिंखडा र अस्मिता देवकोटा विजयी भएका छन् ।

त्यसैगरी, समानुपातिकतर्फ सदस्यहरूमा निश्चय राई, निकेश रिजाल, विजय खत्री, केशव पुरी, सन्जा जोशी, गोविन्दकुमार सिंह, धीरेन्द्र घर्तीमगर, विश्व भण्डारी, विशाल सापकोटा र अविनाश केसी छन् ।