राष्ट्रपति निर्वाचन : पौडेल र नेम्वाङको उम्मेदवारी कायम

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो। 

राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदै छ। निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी छ। 
 

सुझावित समाचार