ताप्लेजुङमा भूकम्पको धक्का

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ स्थित ओलाङचुङगाेलामा केन्द्रविन्दु बनाएर आज बिहान  भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङगाेला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो।

ओलाङचुङगाेलामा भने कुनै क्षति नभएको फक्ताङलुङ– ७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए।  ओलाङचुङगाेलाई केन्द्रविन्दु बनाएर ०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

सुझावित समाचार