संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै नागरिकले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। स्व. आचार्यका २५बुँदे माग पूरा गर्न माग गर्दै बुधबार माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको हो।.jpg'_'.2023-01-25.jpg)
प्रदर्शनकारीले ‘यो देश हो कि वधशाला ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रदर्शनमा ‘यो आत्महत्या होइन हत्या हो’ भन्ने नारा लेखिएका पम्प्लेटहरूमा युवाहरूका आक्रोश देखिन्थ्यो। .jpg'_'.2023-01-25.jpg)
मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग सम्बोधन गरी न्याय दिन माग गर्दै नागरिक सडकमा उत्रिएका छन्।.jpg'_'.2023-01-25.jpg)
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए।.jpg'_'.2023-01-25.jpg)
युवाहरूले ‘अर्को जल्दो शरीर मेरो नहोस्’ भन्दै सरकारलाई खबरदारी गराएका छन्। उनीहरूले मृतक आचार्यको माग पूरा गरी उनलाई न्याय दिन सरकारलाई दबाब दिन स्वतस्फूर्त विरोध प्रदर्शन गरेका हुन्।.jpg'_'.2023-01-25.jpg)
.jpg'_'.2023-01-25.jpg)
.jpg'_'.2023-01-25.jpg)