प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। भेटमा मन्त्रिपरिषद् विस्तार र आगामी रणनीतिक विषयमा छलफल हुने बताइएको छ।
संसदमा प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि राजनीतिमा नयाँ समीकरणको सम्भावना देखिएको आशंका भइरहेको वेला प्रचण्ड-ओलीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।