विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो क्षति

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यता नेपाली सेनाले भने दुर्घटनाग्रस्त क्षेत्रबाट ६२ वटा शव निकालेको जनाएको छ।  
 

सुझावित समाचार