सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बेच्न गाउँ–गाउँबाट आएका ट्र्याक्टरको करिब चार किलोमिटर लाइन लागेको छ।
शाखा कार्यालयले आइतबार बिहानदेखि किसानबाट खरिद गर्ने धान कार्यालयपरिसरमै तौल गर्न थालेपछि इलाका प्रशासन कार्यालय जाने भित्री सडक, ग्रामीण चोक र नयाँ बजार जाने सडक, प्राविधिक शिक्षालय, टेलिकम जाने सडक गरी करिब चार सय ट्र्याक्टरको चार किलोमिटर लाइन लागेको हो।
आइतबारदेखि किसानबाट धान खरिद गर्ने निर्णय गरिएपछि शाखा उत्तरपट्टि इलाका प्रशासन कार्यालय जाने भित्री सडकमा धान लोड गरिएका सयौँ ट्र्याक्टरको लाइन लागेको छ।
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
.jpg'_'.2023-01-02.jpg)
तस्बिर : मणिलाल विश्वकर्मा/नयाँ पत्रिका