मन्त्री भएको दोस्रो दिनमै गृहमन्त्रीले राखे सुरक्षा समितिको बैठक

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रीय सुरक्षा समितिको बैठक राखेर पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका छन् । 

मंगलबार गृह मन्त्रालयमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितको सुरक्षा समितिको बैठक बोलाएका हुन् । 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह तथा सहसचिव फणिन्द्रमणि पोखरेल पनि सहभागी थिए । मन्त्रीमा नियुक्त भएको दोस्रो दिनमै उनले केन्द्रीय सुरक्षा समितिको बैठक राखेका हुन् ।

सुझावित समाचार