‘विदेशबाट सिटी आयो, दसैँ–तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँ–तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरेको छ। काठमाडौंस्थित होटेल अलफ्टमा विजेताहरूलाई उपहार हस्तान्तरण गरिएको हो।

योजनाअन्तर्गत मेगा बम्पर उपहारमा साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई पाँच तोला सुन हस्तान्तरण गरिएको छ। त्यसैगरी बेलायतबाट रेमिट्यान्स पठाउने नुना गुरुङ र कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङलाई एक–एक तोला सुन तथा मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोका, जापानबाट रेमिट्यान्स पठाउने रवीन्द्र मानन्धर र कुवेतबाट रेमिट्यान्स पठाउने सुनिता दराईलाई १०–१० तोला चाँदी हस्तान्तरण गरिएको छ।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम, नेपाली अभिनेत्री पूजा शर्मा, नेपाल इन्भेस्टमेन्ट बैंकका उपमहाप्रबन्धक विजेन्द्र सुवाललगायतको उपस्थिति रहेको थियो। 
 

सुझावित समाचार