विनाविकल्प उठीबास बन्द गर्नुपर्ने मागसहित भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीले शान्तिपूर्ण दबाब र्याली निकालेका छन्। संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा र नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा माइतीघरदेखि नयाँ बानेश्वरसम्म जुलुससहित प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘सामाजिक न्यायको खोजीमा छौँ’, ‘जमिनमाथिको अधिकार सुनिश्चित गरियोस्’, ‘मेरो भोट चल्छ भने बसोवासको अधिकार सुनिश्चित हुनैपर्छ’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए। काठमाडौं महानगरपालिकाले बागमती करिडोरका बस्ती हटाउन खोज्दा पक्राउ परेकाहरूमाथिको जाहेरी फिर्ता गरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न उनीहरूको माग छ।
तस्बिरहरू :
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)
.jpg'_'.2022-12-05.jpg)