जाडोयामका लागि भोकल टिप्स

आइतबार, ११ मंसिर, २०७९
डिजिटल संस्करण
जाडोयामका लागि भोकल टिप्स

हेमन्त शर्मा, गायक

चिसो मौसममा धेरैलाई स्वरमा समस्या हुन्छ । विशेषगरी, गायक–गायिकाहरू यो मौसममा विशेष सजग हुन जरुरी छ । श्वास फेर्ने क्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरियाले सजिलै आक्रमण गर्दछन् । जसले गर्दा दुखाइको अनुभव हुने, निल्न गाह्रो हुने, बोल्न गाह्रो हुने हुन्छ । समयमै उपचार नभए बारम्बार टन्सिलाइटिस भई पिप जम्नेसम्म हुन्छ । अर्काे, चिसोका कारण स्वर अवरुद्ध पनि हुन्छ । त्यसैले स्वरलाई सधैँ कोमल राख्नका लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । 

- जाडोयाममा लामो समयसम्म फ्रिजमा राखेका खानेकुरा खाएमा स्वरमा सीधै समस्या हुन्छ । त्यसैले अपवादबाहेक चिसो खानेकुरा सकेसम्म नखाने । 

- चिसो मौसममा चिसो हावाका कारण अधिकांशको घाँटीमा संक्रमण हुन्छ । त्यसैले धुवाँधुलोबाट बच्ने, यसबाट बच्नका लागि बाहिर हिँड्दा मास्क लगाउने ।

- यात्रा गर्दा सधैँ न्यानो कपडा लगाउने, बाहिर हिँड्दा घाँटी खुला नछाड्ने ।

- चिसो मौसममा धेरैको चिसो पानी पिउने बानी हुन्छ । चिसो पानी पिउँदा घाँटीमा समस्या देखिन्छ । यसले गला अवरुद्ध हुन्छ । त्यसैले सकेसम्म मनतातो पानी पिउने । 

- लामो समयसम्म फ्रिजमा राखेका खानेकुरा नखाने ।

- गीत गाउँदा घाँटीलाई बल नपुर्याउने, अनावश्यक असर हुने खालका गतिविधि नगर्ने । 

- घाँटीमा समस्या आएमा मनतातो नुनिलो पानीले कुल्ला गर्ने । 

- धूम्रपान तथा सर्तीजन्य पदार्थका कारण पनि घाँटीमा संक्रमण हुन सक्छ । त्यसैले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्दा राम्रो ।

See More On

सुझावित समाचार