मोरङ ३ मा भानुभक्त ढकाललाई हराउँदै सुनिल शर्मा निर्वाचित

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

एमालेका भानुभक्त्त ढकाललाई २२ हजार ७ सय ३६ मतले पराजित गर्दै मोरङ ३ मा कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधिमा निर्वाचित भएका छन्।अन्तिम  मतपरिणाम अनुसार निर्वाचित शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन् । एमालेका  भानुभक्त ढकालले २५ हजार ८ सय ९५ मत मात्र प्राप्त गर्न सफल भए । 

यहाँ राप्रपाकी रेखा थापाले १० हजार नौ सय ९८ मत पाएकी छन् । २०७४ को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शर्माले एमालेका भानुभक्त्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै हारको बदला लिन सफल भएका हुन् । 

२०७४ को आम निर्वाचनमा शर्मा भानुभक्तसँग एक हजार नौ सय सात मतले पराजित भएका थिए  । उनले त्यो बेला ४० हजार पाँच सय ६ मत पाएका थिए । भानुभक्तले ४२ हजार चार सय १३ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा मन्त्री समेत भइसकेका एमालेका भानुभक्तसँग ‘रिम्याच’ खेलेका शर्मा  फराकिलो मतान्तरले विजयी हुन सफल भएका हुन् ।   

सुझावित समाचार