महोत्तरी १ मा गिरिराजमणिको अग्रता

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको १ नम्बर निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ । लामो समयसम्म पछि परेका माओवादी उम्मेदवार गिरिराजमणि पोखरेलले अग्रता कायम गरेका छन् । 

सत्तागठबन्धनका उम्मेदवार पोखरेलले ११ हजार ३३८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोले ११ हजार २९६ मत पाएकाले कडा प्रतिस्पर्धा देखिएको हो । 

तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार राजकिशोर साहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् ।  पोखरेले यसअघि ०७४ को निर्वाचनमा तत्कालीन वामगठबन्धनको उम्मेदवार बन्दै निर्वाचित भएका थिए । 

सुझावित समाचार