काभ्रेपलान्चोक २ मा नेपाली कांग्रेसले थोरै मतले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार शिव हुमागाईंले १३ हजार एक सय २० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले १३ हजार २६ मत ल्याएर पछ्याइरहेका छन् ।
बास्कोटाभन्दा हुमागाईं ९४ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईंले पाँच हजार चार मत ल्याएका छन् ।