गणनास्थल लगिँदै मतपेटिका [फोटोफिचर]

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ। मतदान सम्पन्न भएका स्थानमा मतपेटिका संकलन गरी मतगणना स्थल लैजाने कार्य सुरु भएको छ। 

निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ। केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। 

निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन्। मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ। 

हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ। दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ।

सुझावित समाचार