१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

न्युयोर्क फिल्म एकेडेमी र नेपाल फिल्म क्याम्पसबीच सहकार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२६:oo

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण आसपी सहकार्यबारे सम्झौता भएको छ । फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनका लागि अमेरिकाको चर्चित फिल्म कलेजसँग सम्झौता गरिएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताए । 

‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीका सिर्जनात्मक र प्राविधिक दुवै पक्षलाई सुदृढ गर्नका लागि यो पहल थालेका हौँ,’ क्याम्पस प्रमुख उप्रेतीले भने । 

सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थी आदान–प्रदान गर्नेछन् । नेपालबाट जाने विद्यार्थी न्युयोर्क, लस एन्जलस र सिकागोमा रहेका एकेडेमीमा जानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् । 

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न न्युयोर्क एकेडेमी जाँदा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता गरिएको उप्रेतीले बताए । नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमासम्बन्धी कार्यशाला तथा मास्टर क्लासको आयोजना हुने पनि सम्झौतामा उल्लेख छ । 

त्यसैगरी, नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा ‘कथा यात्रा’ सञ्चालन हुने भएको छ । यसक्रममा विद्यार्थीहरूले कथाको उत्खनन गर्ने तथा त्यसलाई दृश्यमा जीवन्त बनाउने कोसिस गर्ने उप्रेतीले बताए । 

ad
ad