मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक २७ आइतबार ०७:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओलीको दाबी– चुनावपछि माधव नेपालको पार्टी सिद्धिन्छ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २७ आइतबार ०७:२९:००

एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा शनिबार आयोजित चुनावी सभामा उनले ४ मंसिरपछि एमाले सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए । एमालेले सरकार गठन गर्नसक्ने जनमत पाउने उनले दाबी गरे । ‘४ मंसिरपछि एमालेको सरकार बन्छ, कसैले रोक्न सक्दैन,’ उनले भने, ‘चुनावमा भ्रष्टाचारीहरू पैसा दिएर मत किन्न आउलान् । पैसा खाइदिनुहोला, तर भोट नबेच्नुहोला ।’

ओलीले चुनावपछि एकीकृत समाजवादी समाप्त हुने दाबी पनि गरे । ‘माधव नेपाल त यही चुनावबाट सिद्धिदै छन्,’ उनले भने, ‘माधव नेपालले कम्युनिस्ट आन्दोलनविरुद्ध, जनताको चाहनाविरुद्ध र विकासविरुद्धका अपराधको सजाय यो चुनावमा पाउनेछन् ।’ एकीकृत समाजवादीलाई खरानीको डल्लोको संज्ञा दिँदै उनले पानी सुकेसँगै खरानीको डल्लो फुटेर सकिने उनीको दाबी थियो ।