मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Thursday, 06 February, 2025
२o७९ कार्तिक २६ शनिबार १८:२७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानमा निर्वाचन आचारसंहिता उल्लंघन, खेलाडीलाई जर्सी र नगद वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १८:२७:oo

सत्तागठबन्धनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खेलाडी सम्मानका नाममा जर्सी र नगद बाँडेको छ। निर्वाचन आचारसंहिताविपरीत सत्तागठबन्धनको निर्वाचन परिचालनअन्तर्गत रहेको खेलकुद क्षेत्र समन्वय उपसमितिले गठबन्धनका उम्मेदवारको उपस्थितिमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई सुनसरी क्षेत्र नं. १ बाट पदक जित्ने खेलाडीहरूलाई सम्मान गरेको हो। 

शनिबार धरान–१५स्थित धरान किचनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो, प्रदेश सभाका उम्मेदवारद्वय रेवतीरमण राई र उमेश थापासमेतको उपस्थिति रहेको थियो। खेलाडीहरूले खेलकुद विकासका लागि भन्दै उम्मेदवारहरूलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

निर्वाचन आयोगले उक्त कार्यक्रम मंसिर ४ पछि गर्न निर्देशन दिएको भए पनि अटेर गरेर कार्यक्रम सम्पन्न गरेको बताइएको छ। निर्वाचनअगाडि गर्न नमिल्ने भन्दै आयोगले कार्यक्रम निर्वाचनपछि गर्न निर्देशन दिइएको क्षेत्रीय निर्वाचन कार्यालय सुनसरी–१ का निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले बताए। अर्यालले भने –‘हामीलाई कार्यक्रमबारे सूचना आएको थियो र हामीले कार्यक्रम नगर्न निर्देशन दिएका थियौँ। कार्यक्रम सम्पन्न भएकोबारे हामीलाई जानकारी छैन, यदि कार्यक्रम सम्पन्न गरेको हो भने कानुनबमोजिम कारबाही गर्छौँ।’ 

आचारसंहितामा निर्वाचनको वेला यस्ता गतिविधि गर्नेलाई २ लाख जरिवानादेखि उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी व्यवस्था छ। तर, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख अर्यालले कार्यक्रम रोकेको दाबी गरेका छन्। 

निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को उपदफा झ मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ 

उल्लेख छ। घोषणासमेत गर्न नहुने भनेर आचारसंहितामा स्पष्ट लेखिएको छ तर गठबन्धनका उम्मेदवारहरूले खेलाडीहरूलाई प्रभावित गर्नकै लागि पुरस्कार वितरण गरेको हो। यस्तो उल्लंघन गर्नेलाई दुई लाख जरिवाना वा उम्मेदवारी नै खारेज गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ।