१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

२२औँ संस्करणको आहा रारा गोल्ड कप १२ पुसदेखि      

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४८:oo

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २२औँ संस्करण आउँदो १२ पुसदेखि हुने भएको छ । 

‘खेलकुदको विकासमा सहकार्य गराैँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा खेल हुने भएको हो । प्रतियोगिता २३ पुससम्म चल्नेछ । एन्फाले खेलको मिति तय गरिदिएसँगै तयारीमा जुटेको आयोजक क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए ।

१२ टोलीको सहभागिता 
पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने प्रतियोगितामा तीन विभागीय, ए डिभिजन, मोफसल, आयोजक र विदेशी गरी १२ टोलीको सहभागिता रहने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । 
 

ad
ad