१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको विधायन समितिद्वारा लुम्बिनीकाे स्थलगत अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:११:oo

राष्ट्रिय सभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुद्ध जन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ।

लुम्बिनी विकास कोषको कार्यालयमा समितिका सभापति र सदस्यहरूले लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरूको कार्यान्वयन, तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएर छलफल गरेका हुन्।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलवस्तु विश्वसम्पदा सूचीका सूचीकरणका अन्तिम मनोनयन दस्ताबेज पेस गरिएकोलगायतका विषयमा समितिलाई जानकारी गराएका थिए। उक्त अवसरमा विधायन समितिका सभापति मायाप्रसाद शर्माले बुद्ध जन्मस्थल लुम्बिनीका सन्दर्भममा स्थलगत अध्ययन गर्ने उद्देश्यले आफूहरू आएको बताए। 

महत्त्वपूर्ण दस्ताबेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नुपर्ने सभापति शर्माले बताए ।

छलफलमा विधायन समितिका सदस्यहरू एवं राष्ट्रिय सभा सदस्यहरू गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, युवराज शर्मा, रेनु चन्द, सुमिज्ञा बिसी, समिति सचिव कमला शाक्यको उपस्थिति थियो। समितिको टोलीले शुक्रबारै बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदानलगायतका क्षेत्रहरूको भ्रमण गरेका छन्। 

ad
ad