Skip This
बिमा समिति प्राधिकरणमा रूपान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिमा समिति प्राधिकरणमा रूपान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:५o:oo

 बिमा समिति सोमबारदेखि बिमा प्राधिकरणमा रूपान्तरण भएको छ । समितिले सोमबार एक औपचारिक कार्यक्रमबीच साइनबोर्ड परिवर्तन गरेको छ । बिमा ऐन, २०७९ जारी भएसँगै समिति प्राधिकरणमा रूपान्तरण भएको हो ।

ऐनबमोजिम समितिका सञ्चालक समिति र कर्मचारी पनि अब स्वतः प्राधिकरणका सञ्चालक समिति र कर्मचारी हुनेछन् । ऐनले बिमा प्राधिकरणलाई थप अधिकारसहित स्वायत्त बनाएको छ । बिमा कम्पनीलाई पूर्वस्वीकृति दिने, इजाजत प्रदान गर्ने, खारेजी गर्ने, आवश्यक नीति–नियम निर्माण गर्नेलगायतका अधिकार प्राधिकरणलाई दिइएको छ । 

प्राधिकरणको अनौपचारिक उद्घोष गर्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्र अझै बलियो हुँदै जाने बताएका छन् । प्राधिकरण बलियो भएको छ । यसमा सबै सरोकारवालाले समेत सहयोग गर्नुपर्ने उनले बताए ।

ad
ad