१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका कपिलवस्तु
२o८१ जेठ ६ आइतबार १९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई इमानदार बन्न अध्यक्ष ओलीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:५७:oo

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमानदार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन्।

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले कार्यकर्ता इमानदार भएमा नेतृत्व इमानदार हुने र पार्टी संगठन पनि थप गतिशील बताए।

कपिलवस्तुको चन्द्रौटामा आयोजित अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व रहेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले बुद्धको जन्मस्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए। 

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ। अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पताल उद्घाटन गरेका थिए। 

ad
ad