१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस बेइजिङ
२o८१ बैशाख २२ शनिबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o१:oo

बेलायतका व्यापार नीतिमन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ। बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै ताइपेई पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्।

बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन्।

बेलायत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेका तथा राष्ट्रपति साई इङ–वेनलाई भेटेका बताएको थियो। बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उनी ताइपेई पुगेका थिए। 

ताइवानले हालसम्म १४ राष्ट्रसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ। बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसंघ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेई वञ्चित छ। यद्यपि, बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित एसिया–प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाह्य जगतबाट उसले बलियो समर्थन प्राप्त गरेको छ।

केही समयअघि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन–अमेरिका विवाद चरमचुलीमा पुगेको थियो भने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्य अभ्यास गरेर ताइवानलाई दबाउन सक्ने आफ्नो सामर्थ्य प्रस्तुत गरेको थियो।

ad
ad