१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा जसपा [पूर्णपाठसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:५८:oo

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ। शनिबार सो पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरिएको छ।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप संघमा वालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने।’ जसपाले प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुने र एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

त्यसैगरी, संघीय संसद् र प्रदेश सभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने, मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरूबाट राष्ट्रपतिले नियुक्ति गर्ने, सबै तहका सरकारले पदाधिकारीमाथि प्रत्याह्वान गर्न वा महाभियोग लगाउन सकिने व्यवस्था गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।

‘वस्तुनिष्ठ आधार र प्रमाण भएमा सबै तहका सरकारले पदाधिकारीमाथि प्रत्याह्वान गर्न वा महाभियोग लगाउन सकिने व्यवस्था गर्ने,’ सो पार्टीको प्रतिबद्धतापत्रमा भनिएको छ।

ad
ad