मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक १९ शनिबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १९ शनिबार १२:०७:००

रुपन्देहीको छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए।

बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसँगै यी जिल्लाहरुको सिमासंग जोडिएका भारतीय सुरक्षा अधिकारीहरु सहभागी छन्।

नियमित बैठकमा चोरी पैठारी, लागुऔषध, चेलिबेटी, सीमा सुरक्षाका विषयहरुमा छलफल हुने गरेकोमा यसपटक मंसिर ४ को निर्वाचन छलफलको मुख्य विषय रहेको पाण्डेयले जानकारी दिए। उनका अनुसार निर्वाचनका बेला सीमा सुरक्षालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ।