१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन : विद्वान गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:२o:oo

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अबस्था  नरहेका बताएका छन्। 

नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले  गरेको चुनावी अभियान अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन्। 
 
‘नेपाली काङ्ग्रेसले पनि थुप्रै  युवा उम्मेदवार उठाएको छ। घण्टी ,लौरो र विभिन्न नाममा चुनावकै लागि मात्रै आएकाहरुलाई होइन हिजो राणा, राजाको तानाशाही प्रवृत्तिविरुद्ध लडेका काङ्ग्रेसका युवा उम्मेदवारहरुलार्इ जिताउनुहोस,’अध्यक्ष गुरुङले भने,‘ दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन। इतिहास कोर्न हिजोको दिनमा कस्को वलिदान, त्याग र समर्पण छ मुल्यांकन गर्नुहोला।’ 

उनले कांग्रेस र सत्ता गठबन्धनबाट आवश्यक मात्रामा युवालाई उम्मेदवार बनाएको जिकिर गरे। योगदान नभएका व्यक्ति र दलभन्दा राजनीतिक परिवर्तनको इतिहास बोकेका पार्टीको योगदानलाई हेरेर मत दिन उनले आग्रह गरे। 

ad
ad