१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङ ३ मा गठबन्धनको प्रतिबद्धता : मेडिकल कलेज खाेल्ने, ७२ सिटे जहाज उडाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३२:oo

पाँचदलीय संयुक्त गठबन्धन दाङ क्षेत्र नम्बर ३ ले साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी, प्रदेश क्षेत्र (क) का उम्मेदवार डिल्ली चौधरी र (ख) का उम्मेदवार धनबहादुर मास्की (राजेश)ले संयुक्त रूपमा बिहीबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्रमा पश्चिम क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने, सबै विद्यालयलाई टिनका छानामुक्त बनाई पक्की भवन बनाउने, महेन्द्र माविलाई मेघा विद्यालयका रूपमा स्थापना गर्ने, मावि श्रीगाउँ र हंसपुरलाई पनि त्यहीअनुसार विकास गर्ने, राप्ती बबई क्याम्पसलाई आधुनिक क्याम्पसका रूपमा विकास गर्ने, सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउने, प्रत्येक गाउँपालिका तथा उपमहानगरपालिकामा एउटा प्राविधिक शिक्षालय खोल्ने उल्लेख गरिएको छ।

त्यस्तै, स्वउद्यम गर्न चाहने युवालाई अनुदान दिने, बबई लिफ्टिङ गर्ने, कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्ने, हरेक वडामा कृषि तथा पशु सेवा एकाइ स्थापनाका साथै पशु हस्पिटल सञ्चालन गर्ने, युवालाई स्वरोजगार बनाउने संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ।

टरिगाउँ एयरपोर्टलाई एटिआर–७२ विमानको उडान भर्न सक्ने क्षमताको बनाउने, पर्यटन गाइड, पर्यटन बस, घोडचढी तथा पदयात्रा सेवा विस्तार गर्ने, पर्यटकीयस्थलमा पुग्न साइकल सर्किट घोषणा गर्ने, आकाशेपानी संकलन गर्ने, तुलसीपुर–हापुरे सडक चार लेन बनाउने, गहते–बाघमारे–घट्टेकुला सडक दुई लेन बनाउने, खोलाहरूमा पक्की पुल बनाउने, ठाउँठाउँमा झोलुंगे पुल बनाउने तथा सहिद, द्वन्द्वपीडित, बेपत्ता पारिएका परिवार, अपांगता भएका, दलित, विपन्न, मुक्त कमैया, कमलरी, मुस्लिम विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क गर्ने सत्तापक्षीय गठबन्धनको प्रतिबद्धता छ।

ad
ad