१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
अन्नाबेले लियाङ
२o८१ बैशाख १८ मंगलबार o८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

कोभिडका कारण हालसालै सार्वजनिक भएको आइफोन–१४ र आउँदै गरेको क्रिसमस तथा लुनार सपिङसमेत प्रभावित हुनेछ

Read Time : > 2 मिनेट
अन्नाबेले लियाङ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५२:oo

विश्वको सर्वाधिक ठूलो आइफोन फ्याक्ट्री कोभिडका कारण बन्द भएको छ । झेङ्गाउ सहरको एक जिल्लामा कोभिड देखिएपछि लकडाउन गरिएको हो । बुधबारबाट सुरु भएको उक्त लकडाउन एक हप्तासम्म जारी रहने बताइएको छ । यसरी फ्याक्ट्री बन्द गर्ने कदमले आइफोन–१४ को उत्पादनमा प्रभाव पार्ने आकलन गरिएको छ । झेङ्गाउस्थित फक्सकन प्लान्टमा आइफोन उत्पादन हुँदै आइरहेको थियो ।

चिनियाँ जनता तथा त्यहाँका व्यापारीहरूले राष्ट्रपति सी जिनपिङको शून्य कोभिड नीतिसँग निरन्तर भिडिरहेका छन् । बुधबार त्यहाँका स्थानीय अधिकारीले झेङ्गाउ विमानस्थल आर्थिक क्षेत्र छिटै सुचारु हुने बताएका छन् । उनीहरूका अनुसार अहिले जारी भएको लकडाउन यही नोभेम्बर ९ को मध्यदिनमा अन्त्य हुनेछ । यति मात्रै होइन, कोभिडकै कारण अहिले त्यहाँ सार्वजनिक यातायात सेवा पनि बन्द गरिएको छ । यस्तै, वी–च्याट सामाजिक सञ्जालमार्फत आमसर्वसाधारणलाई घरबाटै काम गर्न आधिकारिक सूचना जारी भएको छ । नियम पालना नगरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने उल्लेख छ । 

झेङ्गाउ हेनान प्रदेशको राजधानी हो । त्यहाँ एक करोडभन्दा बढी मानिस बसोवास गर्छन् । गत शनिबारदेखि कोभिडका १६७ जना नयाँ संक्रमित देखिएका छन् । जब कि गत हप्ता जम्मा ९७ जना संक्रमित भेटिएका थिए । यो लकडाउन एप्पलका लागि शुभ भने देखिँदैैन । हालसालै मात्रै सार्वजनिक भएको आइफोन–१४ र आउँदै गरेको क्रिसमस तथा लुनार सपिङलाई यसले प्रभावित पार्ने आकलन गरिएको छ । 

फक्सकनको झेङ्गाउ प्लान्टमा दुई लाख कर्मचारीले एप्पलका अधिकांश फोन उत्पादन गर्दै आइरहेका छन् । फक्सकनका अनुसार उत्पादन केन्द्रका कर्मचारीले कोभिडको अवधिमा काम त्यागेपछि दैनिक बोनस चौगुना बनेको छ । यस्तै, एसेम्बली लाइन वर्कर्सका लागि बोनस बढेर प्रतिदिन ४०० युआन अर्थात् ५५ डलर पुग्नेछ । 

फक्सकन कम्पनीले महिनामा २५ दिनभन्दा बढी फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पुरस्कारस्वरूप पाँच हजार युआनदेखि १५ सय युआनसम्म दिने घोषणा गरेको छ । बिदा नलिई काम गर्नेले बोनसस्वरूप १५ हजार युआनसमेत प्राप्त गर्नेछन् । 
 

कतिसम्म भने फक्सकन कम्पनीले महिनामा २५ दिनभन्दा बढी फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पुरस्कारस्वरूप पाँच हजार युआनदेखि १५ सय युआनसम्म दिने घोषणा गरेको छ । जसले पूर्ण मिहिनेतका साथ नोभेम्बरमा कुनै बिदा नलिई काम गर्छ, उसले बोनसस्वरूप १५ हजार युआनसमेत प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो बोनस ‘बिस्तारै उत्पादन सुरु’ तथा ‘हाम्रा कर्मचारीलाई धन्यवाद’स्वरूप हुनेछ । 

यद्यपि, फ्याक्ट्रीमा कार्यरत कति जनामा कोरोना संक्रमण देखियो भन्नेबारे आधिकारिक पुष्टि भएको छैन । ‘झेङ्गाउमा कर्मचारीको सानो संख्या महामारीले प्रभावित भएको थियो,’ फक्सकनको भनाइ छ, ‘उनीहरूले राहत सामग्री, मनोसामाजिक आराम र उत्तरदायी प्रतिक्रिया पाएका छन् ।’अहिले झेङ्गाउको महामारी नियन्त्रण कार्य तीव्र रूपमा चलिरहेको छ भने त्यसको प्रभाव पनि नियन्त्रणमा रहेको बताइएको छ । तर, चिनियाँ सामाजिक सञ्जालमा सेयर भएका फुटेजले सार्वजनिक यातायातमा समातिने डरले श्रमिक आफ्नो घर जान मैदानमा भाग्दै गरेको देखाएको थियो । सी थर भएका एकजना २२ वर्षे कामदारका अनुसार शयनकक्षमा पूरै अराजकता थियो । त्यहाँ उनीसहित उनका सहकर्मी पनि राखिएका थिए । यसबाहेक फ्याक्ट्रीवरिपरि पनि लकडाउन भएको त्यहाँस्थित कर्मचारीको भनाइ छ । कोभिड पोजिटिभ देखिएका कर्मचारीलाई क्वारेन्टाइनमा राखेर दैनिक परीक्षणसमेत भइरहेको छ । 

फक्सकनका अनुसार कर्मचारीको सुविधा र जीवनस्तर सुधारका लागि अब फ्याक्ट्रीका कोठामा कर्मचारीले खाना खाइरहनुपर्ने आवश्यकता छैन । साथै, कम्पनीले स्थानीय सरकारसँग समन्वय गरी जो काममदार घर फर्किन चाहन्छन्, उनीहरूका लागि त्यो सुविधा उपलब्ध गराइनेछ ।तर, लकडाउन भइसकेपछि कामदार कसरी आफ्नो घर फर्किन सक्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । यसबारे फक्सकन र एप्पल दुवैले जवाफ दिएका छैनन् । पछिल्ला दिनमा अन्य व्यापारमा पनि कोरोना महामारीले नराम्ररी धक्का पु¥याएको छ । 

केही दिनअघि हेफेईको पूर्वी सहरमा रहेको चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता निओ कम्पनीले आफ्ना दुई फ्याक्ट्रीको उत्पादन बन्द गरेको छ । उक्त कम्पनीले अक्टोबर महिनामा मात्रै १० हजार इलेक्ट्रिक भेहिकल डेलिभरी गरेको जनाएको छ । चीनका केही क्षेत्रमा देखिएको कोभिड महामारीका कारण सञ्चालन चुनौतीको प्रतिबन्ध र सप्लाई चेनको अस्थिरताले बन्द गर्नुपरेको कम्पनीको भनाइ छ । 
बिबिसी

ad
ad