मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
२०७९ कार्तिक १५ मंगलबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केही राजनीतिक दलहरू संविधान च्यात्ने प्रपञ्चमा लागेका छन् : गृहमन्त्री 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १५ मंगलबार १८:४५:००

गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताएका छन्। 

सिद्धार्थनगर नगरपालिका १२ मा मंगलबार आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहीत हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाणले तीनदलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको तर्क गरे। 

जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुईतिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्यात्न उद्दत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको भन्दै खाणले सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न नागरिकलाई आग्रह गरे।