१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रतिकात्मक तस्बिर
२o८१ बैशाख २२ शनिबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा दुई महिनामा दुई सुत्केरीको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४८:oo

गत असोजमा चार दिनदेखि छटपटाइरहेकी सर्केगाड गाउँपालिका– ७ की २४ वर्षीया पवित्रा शाही छत्यालको अत्यधिक रतस्रावले मृत्यु भयो। गाउँनजिकको स्वास्थ्य संस्थामा औषधाेपचार हुन नसकेपछि उनले अकालकै ज्यान गुमाइन्।

यस्तै, कात्तिक १५ गते अदानचुली गाउँपालिका– ५ काँखे गाउँकी २० वर्षीया रंगिता शाहीले पनि अकालमै ज्यान गुमाइन्। सुत्केरी ब्यथा लागेकाे ६ घन्टासम्म उपचार नपाएपछि सुत्केरी हुन नसकेर उनकाे मृत्यु भएको हो।

गाउँमा औषधि नहुँदा समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा उनको मृत्यु भएको मृतकका आफन्त बलबहादुर शाहीले बताए। समयमा उपचार नपाउँदा जिल्लामा दुई महिनामा दुई सुत्केरीले ज्यान गुमाइसकेका छन्।

सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ सेवा दिने व्यवस्था गरे पनि प्रभावकारी हुन सकेको छैन। निजी खर्चमा उपचार गराउनसमेत जहाजको टिकट पाउनै समस्या छ।

हुम्लामा जिल्ला अस्पतालमै पनि औषधि अभाव छ। खाद्यको दुई डिपो र ६ वटा बिक्री केन्द्रमा दुई वर्षदेखि चामल अभाव छ। हुम्ली नागरिक अभावै अभावमा बाँचिरहँदा राजनीतिक दलका नेताहरू फेरि चुनावी एजेन्डा लिएर गाउँ पस्दा मतदाताहरू असन्तुष्ट छन्।

ad
ad