१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गौतम खाती, एड्भेन्चर खेलाडी 
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

१५ हजार फिटबाट  ‘स्काई डाइभ’ गरेको छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:५२:oo

मैले नेपालमा पाराग्लाइडिङ, रक क्लाइम्बिङ, हर्स राइड, बन्जी जम्प, जिपलाइन, र्‍याफ्टिङ, क्यानोनिङ र स्काई डाइभ गरिसकेको छु । दुबईबाट स्काई डाइभका पाइलट झिकाई तालिम लिएर पोखराको पामेमा १५ हजार फिटमाथिबाट जम्प गरेको थिएँ । ०७५ मा १७ सेकेन्डमा स्काई डाइभ गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएको छु । 

हिम्मतले खेलिने खेल हो, एड्भेन्चर स्पोर्टस् । नेपालमा यस खेलको राम्रो सम्भावना छ । र्‍याफ्टिङका लागि हाम्रोमा धेरै नदी छन् । पहाड प्रशस्तै भएकाले पाराग्लाइडिङ गर्नुको मज्जा पनि बेग्लै छ । कतिपय देशमा कृत्रिम संरचना बनाएर ‘रक क्लाइम्बिङ’ गरिन्छ, तर हाम्रोमा वास्तविक चट्टानमै क्लाइम्बिङ गर्न पाइन्छ । जिपलाइनका लागि प्रशस्त डाँडाकाँडा छन् । त्यसैले साहसिक खेलको प्रवद्र्धन गर्न सके पर्यटन विकासमा पनि टेवा पुग्छ । 

यस खेलमा उच्च जोखिम हुने भएकाले सुरक्षाका लागि थुप्रै नियम र अनुशासनको पालना गर्नुपर्ने हुन्छ । दक्ष प्रशिक्षकसँग तालिम लिएर पर्याप्त अभ्यास गर्नुपर्छ । त्यस्तै, शरीरमा सुरक्षाका सामग्रीहरू लगाउनुपर्छ । कुन भूगोल र वातावरणमा खेल्ने हो, त्यसबारे ज्ञान लिनैपर्छ । कुनै एक कुराको तारतम्य मिल्न सकेन भने दुर्घटना हुन सक्छ । 

ad
ad