१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o४:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले होटेल याक एन्ड यतीमा आज दिउँसो  घोषणापत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढंगले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।  

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । उक्त समितिले सुझाव संकलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ ।     

 

ad
ad