१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १३ आइतबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संग्रौलाले हामीलाई प्रश्न गर्न र बागी हुन सिकाए : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १३ आइतबार १७:१४:००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन्। आइतबार काठमाडौंमा लेखक खगेन्द्र संग्रौलाबारेको पुस्तक 'एक बागी' लोकार्पण समारोहमा थापाले यस्तो बताएका हुन्।

उनले आफ्नो जीवनमा संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको उल्लेख गरे। 'एक बागी' कुनै एक व्यक्तिको जीवनमा आधारित मात्र नभई समय र समाजले बुझ्नुपर्ने धेरै कुराहरू समेटिएको पुस्तक भएकाे बताए।

साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवन र साहित्यबाट हरेक नेपालीले सिक्नुपर्ने कुराहरू धेरै रहेको थापाको भनाइ छ।

‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन। तर, मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन्। प्रश्न गर्न र बागी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो। उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ,’ थापाले भने।

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरूले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए।