Skip This
एन्जिलाले आइलिग खेल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एन्जिलाले आइलिग खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:४२:oo

नेपाल राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले भारतको शीर्ष डिभिजनको महिला लिग फुटबल ‘आइलिग’ खेल्ने भएकी छिन् । उनी सेथु एफसीमा आबद्ध भएकी हुन् ।  आइलिग खेल्ने सम्झौता गरेपछि आफू निकै उत्साहित बनेको एन्जिलाले नयाँ पत्रिकालाई बताइन् ।

सेथुले विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लबकी एन्जिलालाई एक वर्षका लागि सम्झौता गरेको हो । यो क्लबले २०१८÷१९ मा आइलिग जितेको थियो । एन्जिलासँगको सम्झौता रकमलाई भने अहिले क्लबले गोप्य नै राखेको छ । १२ टोली सहभागी हुने आइलिगको नयाँ सिजन डिसेम्बरबाट सुरु हुँदै छ । 

अनुभव बढ्ने विश्वास
पहिलोपटक आइलिग खेल्न पाउनु आफ्ना लागि ठूलो अवसर रहेको एन्जिलाले बताइन् । उनले आइलिग निकै प्रतिस्पर्धात्मक हुने भएकाले अनुभव र स्तरसमेत बढ्ने अपेक्षा राखेको बताइन् । ‘पहिलोपटक आइलिग खेल्न सम्झौता भएको छ । मेरा लागि ठूलो उपलब्धि हुनेछ,’ एन्जिलाले भनिन्, ‘नेपालको लिगमा एक–दुई क्लबसँग मात्रै प्रतिस्पर्धात्मक खेल खेल्न पाइन्छ । भारतमा धेरै बलिया क्लब हुँदा आफूलाई सुधार गर्ने मौका रहन्छ र पक्कै केही सिकिन्छ ।' 

गत असोजमा सम्पन्न महिला साफमा नेपाली टोलीको कप्तानी एन्जिलाले सम्हालेकी थिइन् । यस प्रतियोगिताको सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो । साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले जितेको यो नै पहिलो खेल हो । 

ad
ad