१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दार्चुला घटनाबारे देउवालाई ओलीको प्रश्न- मौनता कहिलेसम्म ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:o८:oo

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दार्चुला घटनाका सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। 

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले सीमापारिबाट आएको ढुंगा लागेर ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको बताएका छन्। उनले दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।  

‘नेपालसँगको सीमाक्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु। ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन्,’ उनले देखेका छन्, 'घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु। तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?’ 

ad
ad