१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुवाखालबाट ३४ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३o:oo

मकवानपुर प्रहरीले सोमबार राति हेटौँडा उपमहानगरपालिका– ११ नवलपुरबाट ३४ जना जुवाडे पक्राउ गरेको छ । जुवाखालबाटै प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट थानाभर्‍याङ र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले नवलपुरस्थित वैकुण्ठ बलामीको मोटर ग्यारेजबाट उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धन थालिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रहरीले जुवाखालबाट १३ थान कौडा, १३ बुक तास र नगद ७३ हजार रुपैयाँ पनि बरामद गरेको छ । च्याँखे थाप्नेसमेत पक्राउ परेका छन् । त्यसक्रममा प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै एक महिलालाई समेत प्रहरीले नियन्त्रण लिएको छ ।

ad
ad