१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:४४:oo

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी बेपत्ता भएका छन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका– २ सिमलकुुनानिवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द बेपत्ता भएका हुन्। 

तुलसीपुर उपमहानगरपालिका– ११ र दंगीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीनजना किशोरी गएका थिए। तीनमध्ये दुईजना पौडी खेल्दै बीचमा गएको उनीहरूसँगै गएको अर्की दंगीशरण–२ सिमलकुनानिवासी १३ वर्षीया निरुता बस्नेतले बताइन्। बस्नेत भने आफू नदी किनारमै बसेको बताइन्।  

सँगै गएका दुवै साथी डुबेपछि निरुताले स्थानीयलाई खबर गरेकी थिइन्। स्थानीयले प्रहरीलाई बोलाएर उद्धारका लागि गएका छन्। अहिले प्रहरी तथा स्थानीयले घटनास्थलमा बेपत्ता किशोरीको खोजीकार्य जारी राखेका छन्। 
 

ad
ad