१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:२३:oo

नेपालले चौथो टी–२० खेलमा वेस्ट इन्डिजसँग टस हारेर पहिला फिल्डिङ गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोस्टन चेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

विश्वकप जाने १५ सदस्यीय टोली  घोषणा भएपछि आज नेपाल पहिलोपटक खेल्दै छ।  सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुनेछ।

नेपालले आज ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन्। बलिङमा प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा र ललित राजवंशी छन्। 

वेस्ट इन्डिजले टोलीलाई निरन्तरता दिएको छ। तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो। सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए।  

ad
ad