१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भियतनामले नेपालको पर्यटन विकासमा सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५९:oo

भियतनामले नेपालमा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने भएको छ । नेपालका लागि भियतनामका राजदूत गुएन थाई हाई, अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल–भियतनाम वाणिज्य संघका अध्यक्ष दीपककुमार मल्होत्राबीच भएको भेटमा यस्तो सहमति भएको हो । 

सहमतिअनुसार बुद्धभूमि लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बन्धित निकायसँग समन्वय गरी मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग पुर्‍याउनेबारे सहमति गरिएको बताइएको छ । यसैगरी, वाणिज्य संघले नेपालको कृषि क्षेत्रको विकासका लागि भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्ने भएको छ । साथै, कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकारात्मक सहयोग पुर्‍याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात–निर्यातलाई अझ सहज बनाउनेबारे पनि छलफल भएको बताइएको छ । 

त्यसैगरी, भियतनामको पहलमा फुड प्रोजेक्ट सञ्चालन गर्ने, नेपाल–भियतनाम सीधा हवाई पारवहन सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय गन्तव्य सहज पार्न भियतनाममा ट्रान्जिट फ्लाइट र नयाँ लगानीको वातावरण सिर्जना गर्न राजदूत हाईले पहल गर्नेबारे समेत छलफल भएको छ ।

ad
ad