१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४७:oo

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन्। बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को २० औँ महाधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो। 

महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको बिबिसीले जनाएको छ। केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्नेछ। केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने कार्यतालिका छ। 

शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरू प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने महाधिवेशनले बिदा गरेको छ।

यस्तै, महाधिवेशनले दोस्रो वरीयताका प्रधानमन्त्री ली र जनकांग्रेसका अध्यक्षसमेत रहेका तेस्रो वरीयताका चान्सुलाई पनि बिदा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। महाधिवेशनले पाँच वर्षअघि सीले ल्याएको विचारधारालाई अझै सशक्त बनाउने प्रस्तावसमेत पारित पारित गरेको छ।

 

 

ad
ad