१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : एएफपी
एजेन्सी लन्डन
२o८१ बैशाख २२ शनिबार २३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

६ सातामै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

Read Time : < 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २३:२६:oo

पदभार ग्रहण गरेको ६ सातापछि नै बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् । 

सत्तारूढ कन्जरभेटिभ पार्टीकौ धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा गर्नुपरेको हो । उनको सरकारले ल्याएका आर्थिक नीतिको व्यापक आलोचना भएपछि उनले केही दिनअघि आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन् । 

तर, पार्टीभित्र र बाहिरबाट आलोचना नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको तर उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताइन् ।

अब अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् । बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन् । उनले जम्मा ४५ दिनमै राजीनामा दिएकी हुन् ।

बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन् । बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन् । 

लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि ‘अब’ आम निर्वाचनको माग गरेका छन् । 
 

ad
ad